नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

0 Shares

काठमाडौँ: चालु आर्थिक वर्षमा मुलुकको नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै रहन सक्ने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।

विश्व बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२-२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैङ्कले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड-१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठुलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?

माल्दिभ्स : ११ प्रतिशत
भारत : ८.३ प्रतिशत
बंगलादेश : ६.४ प्रतिशत
भुटान : ५.१ प्रतिशत
नेपाल : ३.९ प्रतिशत
पाकिस्तान : ३.४ प्रतिशत
श्रीलंका : २.१ प्रतिशत

सम्बन्धित समाचार

सबै