0
Shares
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
निर्वाचन आयोगले बोलाएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन्।
उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ।
यसअघि २०७४ सालमा विभिन्न चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।