कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको छः प्रवक्ता कार्की

0 Shares

काठमाडौँ : छिमेकी देश भारतमा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढेसँगै नेपालमा पनि संक्रमण बढ्दै गएको छ । तथ्यांक हेर्दा नेपालमा पनि दिनहुँ संक्रमितको संख्या बढीरहेको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित भेटिएका छन् ।

उपत्यकामा संक्रमण बढेसँगै कडाई पनि गरिएको छ । यसैबीच सरकारले खोप अभियान तीव्र गतिमा अगाडि बढाइएको बताएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता कार्कीले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको पनि बताएका छन् ।

उनले लेखेका छन् – ‘पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ । नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।’

सम्बन्धित समाचार

सबै