भारतमा बिजुली गतिमा कोरोना संक्रमण, २४ घन्टामा झण्डै साढे २ लाख संक्रमित थपिए – The kathmandu news

भारतमा बिजुली गतिमा कोरोना संक्रमण, २४ घन्टामा झण्डै साढे २ लाख संक्रमित थपिए

काठमाडौँ: छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तेस्रो लहर पनि भयावह बन्दै गएको छ । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण दर एकदमै तिब्रगतिमा फैलिँदै गइरहेको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले पनि हजारौं मानिसको ज्यान लिएको थियो भने लाखौ मानिस संक्रमित बनेका थिए । भारतमा कोरोना संक्रमणदर तिब्रफैलिदै गएपछि नेपालमा पनि कोरोना जोखिम एकदमै बढेको छ ।

बुधबार भारतमा एकैदिन २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् ।यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।

एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए ।

हालसम्म भारतमा ३।६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३।४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् ।

भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६।२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।

EssayBot Discount code AssignmentPay.com Discount CleverEssay.co.uk discount code Edusson Discount Promo Codes Up to 40% APapers.net Promo WritingsCentre.com Coupon AssignmentUK Coupon Codes BuyEssayFriend Promo Code, Coupons, Discount Codes and Review resumeedge discount code 34% EssayShark.com discount code Customwritings.com Discount Code Leave a Promo Edit-Proofread.com discount code Resume101.org Coupon Code Dissertationempire.co.uk Discount Hot! 123HelpMe Review 2023: The Ultimate ScamFighter write me a thesis statement Discount Code