निर्वाचनको म्यान्डेटअनुसार महाधिवेशनमा देउवालाई सघाएको होः नेता सिंह – The kathmandu news

निर्वाचनको म्यान्डेटअनुसार महाधिवेशनमा देउवालाई सघाएको होः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन्।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार गरेको झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन्।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासो गरे।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनले बताए।

‘दुइटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो। त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फर्स्ट राउन्डको म्यान्डेट मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो।

डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि।’

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेट मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो म्यान्डेट मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने।

नेता सिंहले चौधौं महाधिवेशनको दोस्रो चरणमा देउवालाई सघाउँदा आफ्नो चरित्र हत्या गरिएको पनि गुनासो गरे।

how long does mymathlab access code last Buy discount mymathlab price Promo Codes my coursework have someone write your paper 2.38 discounts I made it to the end of my 2nd year. It was tough but manageable. You writers could do better than provide me with the essay for grade D. EvolutionWriters.com Promo 2023 discounts of EssayPay.com make my cv 123HelpMe Discount code Myperfectpaper.net Discount Code EssayVikings Coupon Code EssayVikings Discount Promo Codes Up to 40%