नापी कार्यालयका १५ जनामा कोरोना संक्रमण पुष्टि

0 Shares

नवलपुर । नवलपुरको कावासोतीमा रहेको नापी कार्यालयमा कार्यरत ३० जना कर्मचारी मध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका सूचना अधिकारी भोला कोहारका अनुसार दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण भएको हो ।

१५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि कार्यालयको सेवा प्रवाहा बन्द भएको छ । सूचना अधिकारी कोहार १५ जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय सञ्चालन गर्न सक्ने अवस्थै नरहेको बताए । ‘बन्द गरेर सर्तकर्ता अपनाएका छौं, बन्द नगरे सेवाग्राहीलाई सर्न सक्छ,’ कोहारले भने ।

बन्द रहेको कार्यालयलाई सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिईएको छ ।

 

सम्बन्धित समाचार

सबै