एउटा तस्वीरका कारण ज्याकलिन तनावमा – The kathmandu news

एउटा तस्वीरका कारण ज्याकलिन तनावमा

दुई सय करोड भारतीय रुपियाँको सम्पत्ति शुद्धीकरण आरोपमा मुद्दा खेपिरहेका भारतीय नागरिक सुकेश चन्द्रशेखरसँगको नयाँ तस्वीर हालै सार्वजनिक भएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस थप तनावमा छिन्। चन्द्रशेखरसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको जनाउँदै आएकी ज्याकलिनको उनै चन्द्रशेखरको तस्बिर अचानक लिक भएपछि मानिसहरूको ध्यान उक्त विषयमा फेरि तानिएको छ। तस्वीरमा चन्द्रशेखर ज्याकलिनलाई चुम्बन गरिरहेको देखिन्छन्। यसभन्दा अघि पनि उनीहरूको केही रोमान्टिक तस्वीर लिक भएको थियो।

उनले चन्द्रशेखरसँगको तस्वीर लिक भएपछि एक अभिव्यक्ति जारी गर्दै सञ्चारमाध्यमसँग उक्त तस्विर भाइरल नगरिदिनसमेत आग्रह गरेकी छिन्। चन्द्रशेखरसँग महँगो उपहार लिएको खुलेपछि ज्याकलिन पनि छानबिनमा परेकी थिइन्। भारतको प्रवर्तन निर्देशनालयको छानबिनका क्रममा यस मामलामा ज्याकलिनको पनि संग्लनता रहेको प्रशस्त प्रमाण भेटिएपछि उनलाई विदेश जानसमेत रोक लगाइएको थियो।

ज्याकलिनले सन् २०१७ देखि चन्द्रसेखरसँग चिनजान भए पनि सन् २०२१ मा चन्द्रसेखको गिरप्तारीपछि आफूहरूको कुराकानी र भेटघाट नभएको जनाउँदै आए पनि छानबिनको क्रममा जेलमा रहेका बेला पनि ज्याकलिनसँग सुकेशको फोनमा कुराकानी हुने गरेको र वित्तीय लेनदेनको पनि सबुत मिलेका भारतीय सञ्चारमाध्यमले जानाएका छन्।

ज्यालिनलाई चन्द्रसेखरले १० करोड भारतीय रुपियाँ बराबरको हीराजडित महँगो गहना सेट, चार महँगा फारसी बिरालो, महँगा भाँडाकुडाका सेट र ५२ करोड भारतीय रुपियाँ पर्ने घोडा उपहारको रूपमा लिएको र ज्याकलिनका भाइबहिनीका साथै आफन्तलाई पनि मोटो रकम दिएको अनुसन्धानबाट खुलेको थियो। समाचारअनुसार सुकेशले अभिनेत्री नोरा फतेहीलाई पनि करिब एक करोड रुपियाँ बराबरको बीएमडब्ल्यू कार र आईफोन उपहार दिएको तर चन्द्रशेखरको गिरफ्तारीपछि उनको उपहार पनि जफत गरिएको जनाइएको छ।

सुकेशले ज्याकलिन र नोरा फतेहीका साथै श्रद्धा कपुर, शिल्पा शेट्ठी तथा हरमन बावेजाजस्ता बलिउड अभिनेत्रीका साथ आफ्नो सम्बन्ध भएको बताएका थिए। अभिनेत्री हरमनको आगामी फिल्ममा आफू सह–निमार्ताको रूपमा सक्रिय हुने योजना बनाएको र अश्लिल फिल्म निमार्णको आरोपमा जेलमा परेका अभिनेत्री शिल्पाको पति राज कुन्द्रालाई जेलबाट छुटाउने क्रममा शिल्पा आफ्नो सम्पर्कमा आएको चन्दशेखरले बताएका थिए।

proessay writing promo code Expert Editing Help Coupon Codes help writing my cv Resume101 Discount code Best Law Essay Writing Services - Trusted Review From Real Customer 2021 Use Your ?? Discount Code EssayShark.com Discount mymaythlab Homework-Writer.com Discount Code 2023 accounting home work