तनहुँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु – The kathmandu news

तनहुँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन्। विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो। शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।

घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

coursework writing NoNeedtoStudy Promo Code, Coupons, Discount Codes and Review