सिंहदरबारमा कोरोनाको प्रवेश, १०० जनाभन्दा बढी कर्मचारीहरु संक्रमण पुष्टि – The kathmandu news

सिंहदरबारमा कोरोनाको प्रवेश, १०० जनाभन्दा बढी कर्मचारीहरु संक्रमण पुष्टि

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरसको तेस्रो लहरको आक्रमणमा परेको छ ।

चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको छ । संक्रमित हुनेमा प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई संक्रमण भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा छन् ।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

Buy Your Promocode Here StormEssay.org promo code CustomEssayMeister Promo Code, Coupons, Discount Codes and Review BestAssignmentWriter.co.uk Discount MyHomeworkHelp Discount Promo Codes Up to 40% Coupon Codes 2023 BritishEssayWriting.co.uk Promo Codes Writingcheap.com Promo code 2023 does it work for you resume paper necessary Peakdissertation.co.uk Promo code 2023 writing papers for money Discount Coupon StudyBay Review + $10 OFF writing essay online free