प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम कायम

0 Shares

काठमाडौँ: दुई तिहाइ बहुमतले प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रदेश सभामा तीन दलको संयुक्त प्रस्ताव थियो।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो।

प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो, जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको भएको छ।

नामको लागि चारवटा प्रस्ताव भएका थिए। नेकपा (एकीकृत समाजवादी) ले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन्।

सम्बन्धित समाचार

सबै