मधेश प्रदेशको नामाकरण मधेश आन्दोलनको सम्मान होः उपेन्द्र यादव

0 Shares

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनले एउटा सम्मान पाएको बताएका छन् ।

सोमबार प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित गरेपछि अध्यक्ष यादवले सो कुरा गरेका हुन् । उनले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए ।

उनले भने – ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियोु उनले थपे – ‘त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।’

मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउदै उनले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए ।

मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको बताउदै उनले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवाद दिए ।

सम्बन्धित समाचार

सबै