पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द – The kathmandu news

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ ।

काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।

पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

‘आजदेखि अर्को सूचना नभएसम्म लागु हुने गरि जिल्ला प्रशासन काठमाडौंले मिति २०७८ माघ ४ गतेको जारी आदेशको बुदाँ नंं ६ बमोजिम मन्दिर, मस्जिद गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्वत् २०७८ माघ मसान्त सम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गराउने गरी जारी भएको आदेश बमोजिम सूचनाको आदेश जारी मिति देखि श्रीपशुपतिनाथ, श्रीगुह्वेश्वरी लगायत पशुपति क्षेत्रका सबै मठ – मन्दिरहरुमा परम्परागत नित्य पुजा बाहेकका सम्पूर्ण क्रियाकलापहरु बन्द गरिएको व्यहोरा सर्वसाधारण लगायत श्रद्धालु भक्तजनहरु सबैमा यसै सूचनाद्धारा जानकारी गराईएको छ ।’ कोषले निकालेको सूचनामा भनिएको छ।

i will do your homework someone write my essay for me 23.Promo Code08 Buy Your Promo Code On MyHomeworkHelp.com WritingStatement.com discount who can write my essay UKWritings Promo code BritishEssayWriters Discount Promo Codes Up to 40% custom-writing.org promo code professional essay help pay someone to do my research paper JetWriters.com promo code ParaphrasingUK.com coupon code EssayBot Discount code Thehomeworkhelp.com Coupon Code SpeedyPaper Review 2023: A Reliable Writing Company create a free resume without paying