0
Shares
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिहिबार बस्दैछ । बैठकमा स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गरिने एक नेताले बताए ।
आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई ध्यानमा राख्दै यो बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन सबेको थिएन ।