0
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डप्रति व्यंग्य गरेका छन् ।
स्थानीय तहको निर्वाचनअघि नै प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावप्रति महासचिव पोखरेलले प्रचण्डप्रति व्यंग्य गरेका हुन् ।
सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।
सो प्रस्तावप्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनावपछि सार्ने गरी वैशाखमै संसद्को चुनाव गर्न तयार भए रे १’ भन्दै सामाजिक सञ्जालवाट व्यंग्य हानेका हुन् ।