बुद्ध एयर: लामो समयसम्म आकाशमै विमान होल्ड हुँदा एक यात्रु बहोस – The kathmandu news

बुद्ध एयर: लामो समयसम्म आकाशमै विमान होल्ड हुँदा एक यात्रु बहोस

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस भएका छन् । बिहिबार बिहान काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX  नम्बरको जहाज नेपालगञ्ज विमानस्थलमा डेढ घण्टासम्म ल्याण्ड हुन नसक्दा एक महिला यात्रु बेहोस भएकी हुन् ।

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा काठमाडौंबाट नेपालगञ्ज उडेको विमान ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको बताए । उनले भने, ‘उक्त विमान बिहान ८ बजेर ४० मिनेटमा नेपालगञ्ज अवतरण हुनुपर्ने थियो । तर, मौसम प्रतिकुल नभएपछि डेढ घण्टासम्म ल्याण्ड हुन सकेन । अहिले उक्त विमान ल्याण्ड भइसकेको छ ।’

तर, उनले विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस भएको भन्ने सुनेको तर विस्तृत जानकारी आइनसकेको बताए । उनले भने, ‘लामो समयसम्म आकाशमै विमान होल्ड हुँदा आत्तिएर एक यात्रु बहोस भएको भन्ने चाँही सुनिएको तर, विस्तृत विवरण आइसकेको छैन ।’

ShinyEssays.com promo code Best Dissertation Promo code Acemypaper.com Promo code 2023 Killer-papers Discount Promo Codes Up to 40% write my paper discount code acvonline pay to have someone write your paper McEssay.com Promo Codes