त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन – The kathmandu news

त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको परीक्षा सञ्चालन गर्दा मापदण्ड पालन भए, नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालनामा गरेर भए, नभएको अनुगमन गर्न र नभएको पाइए परीक्षा स्थगन गर्न देउवाले निर्देशन दिएका हुन्।

बालुटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा स्वास्थ्य मापदण्ड पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको निर्देशनपश्चात मुख्यसचिवले सबै जिल्ला प्रशासनलाई परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न निर्देशन दिनुभएको छ।’

यस अगाडि सरकारले विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेस्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको थियो। परीक्षा हलमा स्यानिटाइजर राख्नुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ।

बुधबार काठमाडौं उपत्यकामा कोरोना संक्रमित विद्यार्थीसँगै अन्य विद्यार्थीलाई राखिएको भन्दै विरोधले आन्दोलन गरेका थिए। अनुगमनको क्रममा सामाजिक दूरीलगायतका स्वास्थ्य मापदण्ड पालना नभएको पाइए सीसीएमसीको सिफारिसमा परीक्षा स्थगित गर्ने बताइएको छ।

UK Writings Promo Code write for pay Edumania.co.uk Coupon Code HireWriters.com Coupons 2023