‘गुण्डागर्दी’ शैलीमा अभिव्यक्ति दिएका मन्त्री यादवको पद धरापमा, प्रदीप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया ! – The kathmandu news

‘गुण्डागर्दी’ शैलीमा अभिव्यक्ति दिएका मन्त्री यादवको पद धरापमा, प्रदीप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया !

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा। सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताएका छन् । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उनले बताए ।

बिहीबार मधेश बलिदान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् ।

त्यसप्रति आपत्ती जनाउँदै ज्ञवालीले लेखेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ ।’ उनले अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताएका छन् ।

यस्तै बुधबार रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधनका क्रममा यादवले व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आठजना नागरिक अगुवाहरुले पनि आपत्ति जनाएका छन्।

यसरी वक्तव्य निकाल्नेहरूमा डा। केदानरनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित रहेका छन्।

‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वसाथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो’, उनीहरुले भनेका छन्, ‘मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ।’

उनीहरुले यसले मुलुकमा कानुनको शासन कायम छ भन्ने कुरामा पनि प्रश्न उठेको बताएका छन्। ‘मन्त्री यादवलाई कारबाही गरेर देशमा कानुनी शासनको अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो। यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतस् हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।’

Fresh-Essay.com fresh discount 2.7 Promo Codes Available RushEssay.com discounts Myessaygeek.com Promo code 2023 UK Writings Reviews my math lavb Writeforce.com Discount Coupon Pay4Homework.com discount code Personal-Statements.biz promo code SamedayEssay.com site discount MyHomeworkDone.com coupon code college home work ExpressEssay Discount Promo Codes Up to 40% Assignment House Coupon Codes UK-Assignments.com Discount Code my math homework 2 CoolDissertation.com discount code MyHomeworkHelp Discount code Big Assignments Coupon Code