‘चुनाव अघी कम्युनिष्ट एकता बनाउन चिन सक्रिय’

0 Shares

पुर्ण रुपमा विभाजित भएर ३ टुक्रा भएको नेकपा लाई पुर्ण कार्यगत एकता गरी फेरी राजनैतिक समिकरण बनाएर आउने चुनावमा एक कम्युनिष्ट पार्टी बनाई चुनाव लडाउने रणनितीमा चिनले काम गर्न सुरु गरेको छ । विगतमा कम्युनिष्ट पार्टीको २ तिहाईको सरकार संचालनमा खटपट भएपछी ने।क।पा ३ टुक्रामा विभाजित भएको छ ।

जस अनुसार ने.क.पा ( एमाले) को नेतृत्व के।पी शर्मा ओलीले गरेका छन् । माओवादी केन्द्रको नेतृत्व प्रचण्डले र ने.क.पा (एकिकृत समाजवादी) को नेतृत्व माधव नेपालले गरिरहेका छन् । सैदान्तिक रुपमा विचार फरक भएपनि अव आउने संघीय , प्रदेश र स्थानिय तहको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु विच कार्यगत एकता गराई फेरी पनि कम्युनिष्ट हरुकै सत्ता सञ्चालनमा देश निर्भर रहोस भन्ने कुरामा बेइजिङ्ग लागि परेको छ । यसका लागि बेईजिङ्गले आफ्ना मातहतका संयन्त्रलाई कम्युनिष्ट एकताको लागि परिचालित गरि सकेको छ । अव हुने निर्वाचनमा जसरी पनि कम्युनिष्टहरुकै बहुमत सरकार बनाउने तयारी स्वरुप चिनिया पक्षबाट भेटघाटलाई तिव्रता दिन सुरु गरेका छन् । चिनले विभाजित कम्युनिष्ट पार्टी एक बनाउने यदी एक बनाउन नसके चुनावी गठबन्धन निर्माण गर्न गोप्य भुमिका खेलिरहेको छ । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशन र माओवादी केन्द्रको अधिवेशन लाई बेईजिङ्गले विशेष चासोले हेरेको छ ।

यही क्रममा चिनको सेन्जेनमा उपचारत माओवादी केन्द्रका प्रभावशालि नेता बर्षमान पुन संग चिनिया उपमन्त्रि चेन झाओ विच भेटवार्ता भएको थियो । भेटमा चिनिया उपमन्त्रि झाओले बामपन्थि शक्ति विचको एकता , सहकार्य र चुनावी तालमेल लगायतको विषयमा पुन संग वार्ता गरेका थिए । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड संगको परामर्श पश्चात पुनले चिनिया मन्त्रि संग भेटवार्ता गरेका थिए । पुर्व सभामुख ओनसरी घर्ती सहित सम्मिलित भेट भन्दा अगाडी बाट नै चिनले बामपन्थि घटक बिच कार्यगत एकता गराउने कुरामा दवाव सिर्जना सुरु गरिसकेको थियो । नेकपा फुट्न नदिन र बामपन्थि एकता जोगाई राख्न चिनिया राजदुत होउ यान्छी सुरुबाट नै सक्रिय भएकी थिईन् । त्यस बेला पनि चिनबाट उच्च स्तरिय ५ सदस्यीय चिनिया टोली नेपाल आएर नै पार्टी फुट्न रोक्न पहल गरेको थियो ।

तर त्यो सफल हुन सकेको थिएन । नेकपा फुटेर ३ टुक्रा भएपनि तिन वटै पार्टी संग चिनिया कम्युनिष्ट पार्टीले सम्पर्क स्थापित गर्दै आईरहेको थियो । पछिल्लो समय एमाले फुटेर गठन भएको नेकपा एकिकृत समाजवादी पार्टी संग चिनिया कम्युनिष्ट पार्टीले सम्बन्ध स्थापित गर्दै आईरहेको छ । चिनिया कम्युनिष्ट पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल संग विभिन्न चरणमा पार्टी एकताका विषयमा भर्चुअल बैठकहरु पनि हुंदै आईरहेका छन् । चिनले बामपन्थि एकता वा चुनावी तालमेलको पहल सुरु गरिरहंदा एमाले अध्यक्ष के।पी ओली र माओवादी अध्यक्ष प्रचण्ड विचको चिसिएको सम्बन्धमा सुधार हुन थालेको छ ।

दुवै नेतालाई नजिक ल्याउन विभिन्न तरिकाले चिनिया पक्षले दवाव सिर्जना गरिरहेको छ । चिनले ओली र प्रचण्ड मार्फत नेपालमा आफ्नो प्रभावलाई बलियो बनाउने रणनितीमा लागि परेको छ । अमेरिकी सहयोग नियोग एम।सि।सि को विरोधमा कम्युनिष्टहरु खुलेकोले पनि चिन अझ दवाव सिर्जना गर्न लागि परेको छ । प्रचण्डले महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदनमा अमेरिका विरुद्ध आक्रमक तरिकाले प्रस्तुति दिएपछि चिन झन् सक्रिय भएर लागि परेको छ । प्रचण्डले चिनको घुमाउरो प्रशसा गरेका थिए ।

अमेरिकाले भारत संगको सम्बन्ध सुदुढ गरेर चिनलाई रोक्न खोजेको टिप्पणीगरेका थिए । यसबाट पनि चिन नेपालका कम्युनिष्ट पार्टी संग आशावादी रहेको देखिन्छ । उनिहरुलाई चुनाव सम्म भरसक एक बनाउने नसके तालमेल गराएर लाने गरि चिन रणनितिक रुपमा लागेको छ । चिनको महत्वकांक्ष योजना के छ भने आफ्नो खर्वौ डलर लगानी रहेको (BRI) परियोजनालाई स्थापित गराउन पनि चिन नेपालमा कम्युनिष्ट पार्टीको सरकार चाहान्छ । यसको लागि जुनसुकै मुल्य चुकाएर पनि नेपालमा कम्युनिष्ट पार्टी बिच पार्टीए एकता नभए नी चुनावी तालमेल गराउन लागि परेको छ ।

नेपालमा आफ्नो साम्राज्यलाई विस्तार गर्न र भारत अमेरिका लगायतको लगानीलाई नेपालमा रोक्नको लागि भए पनि चिनले नेपालका कम्युनिष्ट पार्टी विचको पार्टी एकतालाई जसरी भएपनि एक ठाउंमा ल्याउन दवाव सिर्जना गर्न सुरु गरिसकेको छ । हालैका दिनमा चिन नेपालमा भारत , अमेरिका लगायतका मुलुकको लगानीलनई स्वीकार नर्गन दवाव सिर्जना गर्दै आईरहेको छ ।

मुलुकको अर्थ व्यवस्था लाई शुन्य बनाउन लागि परेको चिनको यो चिन्तनबाट नेपालले भविष्यमा ठुलो आर्थिक संकटको सामना साथै अरु मित्र राष्ट्रबाट आउने अनुदान सहयोगमा समेत असर पुग्ने देखिन्छ । चिनले लगानी गरेका धेरै मुलुकहरुले यस्तो विपतिको सामना गरिरहेका छन् । कालान्तरमा नेपालको पनि अवस्था त्यही पुग्ने खतरा बढ्दै गईरहेको छ । यसमा सबै राजनैतिक दल र जनताले बेलैमा सोच्नुपर्ने अवस्था आएको छ ।

 

सम्बन्धित समाचार

सबै