सर्वदलीय बैठक अनिश्चित, त्यसअघि स्थानीय तहको निवार्चनबारे विज्ञसँग परामर्श गरिने

0 Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित बनेको छ । औपचारिक रूपमा सर्वदलीय बैठक नबोलाइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

शुक्रबार सम्पन्न गठबन्धनको बैठकमा यसबारे अनौपचारिक छलफल मात्र भएकाले आज बस्नेरनबस्नेबारे कुनै निर्णय नभएको उनको भनाइ छ । सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि आज सर्वदलीय बैठक गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

स्थानीय तह तथा अन्य निर्वाचन एवं समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न आज बिहान बैठक बस्ने भनिएको थियो । मन्त्री कार्किले आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाइने बताए ।

सम्बन्धित समाचार

सबै