शेरबहादुरको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने कांग्रेसको निर्णय – The kathmandu news

शेरबहादुरको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पार्टी अध्यक्ष शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

कांग्रेस अध्यक्ष शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दाबी गरे ।

Promo Codes