ओलीले आज पत्रकार सम्मेलन गर्दै – The kathmandu news

ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै हुनुहुन्छ । त्यसका लागि आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।

विकसित राजनीतिक घटनाक्रम, स्थानीय तथा राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ ।

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ । तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुँदै आएको छ ।

do my math for me writemypaper4me discount code Hot! 123HelpMe Review 2023: The Ultimate ScamFighter Discount Coupon writemypaper4me.org discount code papers 3 promo code AffordablePapers.com discount code MyPerfectPaper Promo Code, Coupons, Discount Codes and Review college class help writing essay online free bid4papers.com discount code College Papers Coupon Code we do your online class Essaygrant.com Promo code 2023