ठाकुर-महतोबीच बोलचाल नै बन्द – The kathmandu news

ठाकुर-महतोबीच बोलचाल नै बन्द

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भित्र चर्किँदै गएको विवादका कारण पार्टीको बैठकसमेत बस्न नसक्ने अवस्थामा पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको हो । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।

‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो । अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए ।

अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गर्नुका साथै विभिन्न जिल्लामा अध्यक्ष तोक्न थालेपछि विवाद बढेको छ । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन् । उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् ।

यसैगरी धनुषामा प्रमेश्वर साह, सिराहामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलीलाई जिल्ला अध्यक्ष नियुक्त गरेका छन् ।

बाराका सिंह, पर्साका झा, धनुषाका साह, सर्लाहीका यादव र मोरङका अली ठाकुर निकट नेता हुन् । यी अध्यक्ष ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन् । यस्तै महोत्तरीका साह, सिराहामन यादव लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी निकट हुन् । यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन् ।

रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकट रहेका छन् । सप्तरीका अध्यक्ष झा, कपिलवस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समूहका हुन् । यी अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका नेता हुन् ।

प्रदेश २ मा महतो निकट मानिने तत्कालीन सद्भावना पार्टीका नेतालाई जिम्मेवारी नदिएको भन्दै उनी निकटका नेताले विरोध गर्दै आएका छन् । जिल्ला जिल्लामा निर्णय गरेर विरोध हुनुका साथै पर्सासहित कतिपय जिल्लामा प्रदर्शन समेत भएका थिए ।

लोसपाका अध्यक्ष ठाकुरले आफू खुसी जिल्ला तथा प्रदेश अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्न थालेपछि सोही पार्टीका वरिष्ठ नेता महतो समूह कडा रूपमा विरोधमा उत्रेका थिए । सोही क्रममा महतो समूहका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोसपा भनेको तमलोपा होइन होला नि’

अध्यक्ष ठाकुरले तत्कालीन तमलोपा जसरी चलाउँथे, त्यसरी नै लोसपा चलाउन खोजेको मेहताको आरोप छ । उनले भने, ‘जिल्ला तथा प्रदेशमा अध्यक्षलगायत विभिन्न पदमा मनोनयन गरिरहनुभएको छ तर त्यसमा पार्टीमा कुनै सल्लाह भएको छैन, यो तरिकाले पार्टी चलाउन गाह्रो हुन्छ ।’

तर, अध्यक्ष ठाकुर समूहका नेता भने महतो समूहका नेताको आरोप स्वीकार गर्न तयारी छैनन् । प्रदेश, जिल्ला अध्यक्षको नियुक्ति वरिष्ठ नेता महतोकै सल्लाहमा भइरहेको ठाकुर समूहका नेता बताउँछन् ।
ठाकुर निकट नेता सञ्जय यादवले प्रदेश, जिल्ला अध्यक्षको नियुक्ति वरिष्ठ नेता महतोसहित अन्य नेताकै सल्लाहमा भएको बताए । सबै नेतासँग सल्लाह गरेरै ठाकुरले काम गरिरहेको उनको दाबी छ ।

उनीहरूका अनुसार अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्लामा मनोनयन गर्ने अधिकार लिएका छन् । त्यहीअनुसार पछिल्लो समय नियुक्ति तथा जिम्मेवारी तोक्ने काम भइरहेको यादव बताउँछन् ।

केन्द्रमा सबै कुरा ठिक छ भन्ने तर तल आफ्नो कार्यकर्ताबाट विरोध गराउने काम केही नेताबाट भइरहेको भन्दै उनले यसलाई ‘गलत प्रवृत्ति’को संज्ञा दिए । उनले भने, ‘महन्थ ठाकुरले राजेन्द्र महतोसँग सल्लाह नगरी काम गरेको हो भने त्यो कुरा महतोजीले भन्नुपर्ने हो । उनी आफैं केही पनि नबोल्ने अनि आफ्ना कार्यकर्ताबाट तल विरोध गराउनुले पार्टीको हित गर्दैन ।’

अध्यक्ष ठाकुरले २५ मंसिरमा लोसपाका कार्यकारिणी सदस्य सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनयन गरेका थिए । त्यसपछि धनुषामा रहेका वरिष्ठ नेता महतो पक्षका कार्यकर्ताले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यसपछि धनुषामै महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताले विज्ञप्ति जारी गरेर सो मनोनयनलाई समर्थन जनाएका थिए । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

writing helper online Buy discount Geeklyhub.com Discount SmartEssayRewriter.com site discount sleekwriters promo code papers for money 2023 discounts of Academized.com Rush-My-Essay.com Promo Code WritersPerHour Discount Promo Codes Up to 40% 20232 discounts of GetAcademicHelp.net college homework help free 5StarEssays Coupon Code how to do your homework mypaperwriter promo code nerdify coupons Custom writing coupon code GEEditing.com Discount Code 2023 law coursework Affordablepapers.com Promo Code EssayBox Discount Code