चीनबाट फर्किएपछि माओवादी नेता वर्षमान पुन र प्रचण्डबीच भेटवार्ता

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् । चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए ।

जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो । पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।

माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् । माओवादीमा अन्य पदाधिकारीभन्दा महासचिवमै बढी रस्साकस्सी छ ।

सम्बन्धित समाचार

सबै