महासचिवमा वर्षमान पुनको दाबी, सहमति जुट्न नसके प्रक्रिया नै फेस गर्ने घोषणा – The kathmandu news

महासचिवमा वर्षमान पुनको दाबी, सहमति जुट्न नसके प्रक्रिया नै फेस गर्ने घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन सोमबार साँझ नेपाल फर्किएका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुन झण्डै ४ महिना लामो उपचार सकेर नेपाल फर्किएका हुन् ।

दुर्लभ वंषाणुगत जण्डिसबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । बैंककपछि थप उपचारका लागि उनी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटलमा गएका थिए ।

स्वदेश फर्किदै गर्दा पुनले पार्टीमा महासचिवको लागि आफू दाबेदार रहेको बताएका छन् । उपचार गरी सोमबार साँझ काठमाडौं ओर्लिएका नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका हुन् ।

आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए । माओवादी केन्द्रको ८ औं महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहालले पनि नेता पुनले पदाधिकारीमा इच्छा व्यक्त गरेको कुरा अरु नेताहरूमाझ राखेका थिए ।

माओवादीको ८ औं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहालसहित केन्द्रीय कमिटी चयन भए पनि पदाधिकारी चयन भने थाती नै छ ।

पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीबाट पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुनले भने ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

Ultius.com promo code paper presentation discount code Buy Your Promocode Here Assignmentbox.co.uk Coupon Code buyessay.org discount code BestEssays Discount Promo Codes Up to 40% Paperial.com Coupon Doassignment.net Discount Code X-Essays.com Promo Codes 2023 write my college paper for me