युक्रेनको मामलामा अमेरिका-रुस युद्धको खतरा – The kathmandu news

युक्रेनको मामलामा अमेरिका-रुस युद्धको खतरा

एजेन्सी: अमेरिका र रुसबीच युद्धको खतरा बढेको छ । युक्रेनको मामलामा यी दुई शक्तिराष्ट्रबीच युद्धको खतरा बढेको हो ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । उसले कुनैपनि बेला युक्रेनमाथि हमला गर्ने आशंका पश्चिमा देशहरुले गरेका थिए ।

रुसले एक लाखभन्दा बढी सैनिक युक्रेनसँगको सीमा क्षेत्रमा तैनाथ गरेपछि अमेरिका पनि युक्रेनमाथिको सम्भावित आक्रमणलाई दृष्टिगत गरी साँढे ८ हजार सैनिक पठाउने तयारी गरेको छ । सीएनएनले पेन्टागनको भनाई उदृत गर्दै सैनिकहरु पठाउने जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले युरोपेली मित्रहरुसँग सोमबार रुसको पछिल्लो आक्रामक गतिविधिबारे साझा रणनीतिबारे छलफल गरेका छन् । नाटोसँग मिलेर रुसविरुद्ध अगाडि बढ्ने तयारीका रुपमा यसलाई लिइएको छ ।

युक्रेनमै सेना पठाउनेबारे कुनै निर्णय भने नभएको बुझिएको छ । डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्ड जस्ता देशहरु पूर्वी यूरोपमा युद्धक विमान र जहाज पठाउने तयारी गरिसकेको उल्लेख छ । युक्रेनमा ९० टन गोली, बम जस्ता हतियार पठाइएको समेत जनाइएको छ ।

युक्रेनमा रुस पक्षधर नेतालाई स्थापित गर्न खोजिएको आरोप रुसमाथि अमेरिकालगायत उसका मित्र शक्तिले लगाएका छन् । युक्रेनमा प्रभाव बढाएर आफूलाई चुनौती दिन खोजेको भन्दै रुस सतर्क बनेको छ ।

ZipJob Discount code PrimeWritings Discount Promo Codes Up to 40% Study Bay Coupon Code Discount Code do my research paper for me cv online pay to have your paper written HandmadeWriting.com Discount Code 2023 Superior-Papers.org site discount Eukessays.co.uk Promo code 2023 EssayOneDay Discount Promo Codes Up to 40% Discount Codes MasterPapers Coupon Code