चिकित्सक संघद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा

0 Shares

 

स्वास्थ्य संस्थाले थेग्न नसक्ने गरी कोभिड-१९ को संक्रमण बढेपछि नेपाल चिकित्सक सङ्घले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।

सङ्घले बुधवार एक अपिल जारी गर्दै कोभिड-१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड अलर्ट’ घोषणा गरेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपिलमा भनिएको छ ‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा मनन गर्दै नेपाल चिकित्सक सङ्घ देशभर “रेड अलर्ट” घोषणा गर्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपिल गरेका छौ ।’

चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको अपिलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्र भागमा रहेर काम गरिरहेका छौँ, गरिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

सबै