0
Shares
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एमालेको आधिकारिक फेसबुक पेजमार्फत उनको अवस्था सामान्य रहेको जानकारी गराइएको हो ।
केहिदिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि उनी आफ्नो निजी निवास बालकोट मै आराम गरिरहेका थिए । फेसबुक पेजमार्फत पार्टीका अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई हार्दिक धन्यवाद दिइएको छ ।