राष्ट्रिय सभाको निर्वाचन आज – The kathmandu news

राष्ट्रिय सभाको निर्वाचन आज

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्यका लागि आज मतदान सुरु भएको छ। १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमार्फत बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुँदै छ।

आयोगले प्रदेश १ मा दुई र अन्य प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ। आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ।

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी कुल दुई हजार २५ जना मतदाता रहेका छन्। मतदातामध्ये पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। बुधबार ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ।

यस्तै निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएको हो ।

 

write essay for me free QualityEssays.co.uk discount code bestdissertation com discount code Essaygoaway.com Promo code 2023 Essays.paperap.com Discount Code EssayPro.com Promo Codes DissertationAvenue Discount Promo Codes Up to 40% Contentwriting.ae Discount WiseEssays Coupon Code help essay Buy-custom-essays-online.com Promo code 2023 hire someone to write a research paper NinjaEssays Reviews grademiners promo code