‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’ – The kathmandu news

‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’

उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गर्नुभएको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए । मङ्गलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मङ्गलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उनले भने– “सिटामोलको आपूर्तिमा केही समस्या रहेछ । स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन, एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ ।”

आमउपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागे जति दिने र कसैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी सञ्चालकलाई निर्देशन दिएको प्रजिअ उपाध्यायले बताए । सिटामोल वितरणको विषयमा बदमासी गरे वा नगरेको विषयमा अप्रत्यक्ष रूपमा निगरानी बढाइने पनि उनले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Myperfectpaper.net Discount Code ExtraEssay Discout Code finance homework help professionally done resume WriteMyEssay.biz Promo Codes Paythegeek.com Promo Code Academiceditingcanada.ca Promo code 2023 do my accounting homework Bid4Papers Promo Code, Coupons, Discount Codes and Review Contact us WritingBee.com discount code studybay promo code Academized Promo Code, Coupons, Discount Codes and Review