पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द – The kathmandu news

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नु भएको छ ।

मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनु भएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनु भयो । उहाँले छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको बताउनु भएको छ ।

अब धर्मशाला बतास समूहले सञ्चालन गर्न नपाउने उहाँले बताउनु भयो । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

पशुपति विकास कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो ।

Buy discount bemo promo code proessaywriting com discount code OrderYourEssay.com Promo Discount Coupon Promo Codes EssayVikings.com site discount help write thesis statement MarvelousEssays.org site discount DissertationWritingUK.co.uk discount Au.edubirdie.com Promo code 2023 Discount Codes papershelm promo code