
२४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमित थपिए
नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा गएको २४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
साथै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु भएको छ ।