नेपालमा एकैदिन ८ हजार १७ कोरोना संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए – The kathmandu news

नेपालमा एकैदिन ८ हजार १७ कोरोना संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

काठमाडौं। नेपालमा ८ हजार १७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएको बिहीबार जानकारी दिएको हो।

१५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २०१ मा पोजिटिभ देखिएको छ। २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ। योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन्।

२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ। २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ।

Aussiehomework.com Coupon Code Buycourseworkonline.co.uk Coupon Code expert cv help me solve this mymathlab WritePaperFor.me Coupon Kingessays Promo Code, Coupons, Discount Codes and Review