0
Shares
धादिङ। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल धादिङका जिल्ला इञ्चार्ज दीपक खतिवडा पक्राउ परेका छन्। गजुरी गाउँपालिका, किरान्चोकका स्थानीय नानीराम पराजुलीमाथि कुटपिटको अभियोगमा प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको हो। पराजुली हाल गजुरी गाउँपालिका, कांग्रेस कमिटीको सह–सचिव छन्।
एमाले पृष्ठभूमिका पराजुली केही समयअघि मात्रै दल बदलेर कांग्रेस प्रवेश गरेका थिए। पार्टी परिवर्तनपछि निरन्तर धम्की दिइँदै आएकोमा अहिले त्यसैको रिस फेर्न कुटपिट गरिएको पीडितको आरोप छ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार खतिवडाविरुद्ध कुटपिटको उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको छ। खतिवडालाई अहिले इलाका प्रहरी कार्यालय, गजुरीमा राखिएको छ।