काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गरिएको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै ओलीविरुद्ध भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको हो।
संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले ओलीविरुद्ध उजुरी दिएका हुन् ।
कोरोना संक्रमित भएको चौथो दिनमा नै ओली एमाले भ्रातृ संगठन युवा संघको कार्यक्रममा सहभागी भएका थिए । कोरोना संक्रमित हुँदा पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै ओलीको विरोध गरिएको थियो ।
यसैबीच ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।
उजुरी पत्रमा भनिएको छ – ‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं । ‘