संसदबाट सर्वसम्मतिले एमसीसी सम्झौता पारित गरौं : बाबुराम भट्टराई

0 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता भट्टराईले सो कुरा गरेका हुन् । एमसिसी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताउदै उनले सबै एकमुख भएर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

उनले भने – “एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊॅ”

उनले एमसिसीको बाहनामा प्रतिगमनविरोधी गठबन्धन टुट्न नहुने पनि बताएका छन् । उनले भने – ‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

सम्बन्धित समाचार

सबै