काठमाडौं । आफुलाई देशको १ नम्बर सिमेन्ट दाबी गर्ने मारुती सिमेन्ट कुनै कामको नभएको भेटिएको छ । जनताले भरोसा प्रयोग गर्दै आइरहेको उक्त सिमेन्ट प्रयोग गर्नु जनताको पैसा बालुवामा पानि खनाए बरार साबित हुदैं आएको छ ।
गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ताको सम्पत्ति र स्वास्थ्यमाथि खेलबाड गर्दै आइरहेका मारुती सिमेन्ट नियामक निकायलाई लोभ र लाभ देखाएर कानुनी फन्दाबाट बच्दै आइरहेको एक श्रोतले जानकारी दिए ।
उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेन्टको गुणस्तर राम्रो भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त सिमेन्टलाई नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ । तर, मारुती सिमेन्टको बदमासीले त्यसतो प्रमाणित गरिदिएको निकाय, नापतौल विभाग नै हैरान भइरहेको छ ।
सिरहाको चन्द्राउदइपुरमा सिमेन्ट उत्पादन गर्ने उक्त उद्योगका अध्यक्ष नन्दकिशोर राठीले आफूले उत्पादन गरेको सिमेन्ट, यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेन्ट भएको दाबी गर्दे आएका छन् ।
यता,उद्योगले नाम चलेको भरमा जनताको आखाँमा छारो हाल्ने काम गर्दे आएको छ । यसको पोख्त प्रमाण हुन बजारमा बारम्बार भेटिने मारुतीको गुणस्तरहीन सिमेन्ट । गुणस्तरको हिसाबले आफुलाई एक नम्बर दाबी गर्ने मारुती सिमेन्ट कारबाही हुने सुचिको पनि एक नम्बरमै रहेको विभाग निकट श्रोतले बताएको छ । श्रोतका अनुसार मारुती सिमेन्ट एक, दुई या तीनपटक होइन,बारम्बार कारबाहीमा परिरहेको छ ।
तर, अटेर मारुतीका सञ्चालकले भने सुध्रिने नामनै लिदैंनन् । कारबाही भोग्दा पनि मारुतीले न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियामकको आदेश नै पालना गर्छ । उल्टै, लोभ र लाभ देखाएपछि नियामकले पनि रातारात कारबाही फिर्ता गर्छ ।
मारुतीले कम गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै गत मङ्सिर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो ।
नापतौल तथा गुणस्तर विभागले विभिन्न मितीमा बजार अनुगमनको क्रममा संकलन गरेको नमूनाबाट सिराहामा कारखाना राखेर सिमेन्ट उत्पादन गरिरहेको मारुती सिमेन्टले ४३ ग्रेडको गुणस्तरहीन ओपीसी सिमेन्ट उत्पादन गरेको पाइएको छ ।
बजारबाट संकलन गरेको मारुती सिमेन्टको ३३ र ४३ ग्रेडको ओपीसी नमूनाको परीक्षण गर्दा गुणस्तरहीन पाइएको विभागले जनाएको छ । संकलित नमूना कम्प्रेसिभ स्ट्रेन्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः कमसल पाइएको थियो । कम्प्रेसिभ स्ट्रेन्थ ३३ र ४२ हुनुपर्नेमा ३१ र ३७ पाइएको नापतौल विभाग निकट श्रोतको दाबी छ ।
विभागका अनुसार ठोस परियोजनाहरूका लागि गुणस्तरीय एमपीए आवश्यक पर्छ र त्यसो नभएमा बनाइएका परियोजनामा प्रयोग गरिएको सिमेन्टले काम गर्न छाड्छ । र, आयोजनाहरू समय अगावै भासिने, चर्किने र कमजोर हुन्छ ।
यसरी आफ्ना लाखौं सेवाग्राहीहरूको विश्वासलाई कुल्चिएर कम्पनीले गुणस्तरहीन उत्पादन गर्दै आएको भेटिएको छ । परीक्षणमा असफल भएपछि विभागले गुणस्तरहीन ४३ ओपीसी सिमेन्ट बिक्री वितरणमा रोक लगाइएको थियो । यस्तै, उत्पादित गुणस्तरहीन सिमेन्ट तत्काल बजारबाट फिर्ता ल्याउन समेत विभागले निर्देशन दिएको थियो ।
तर, पैसाको दम्भमा जनताको जिवनसंग खेल्ने मारुती सिमेन्ट अझ विभागको निर्देशनलाई लत्याएर अहिलेपनि खुलमखुला गुणस्तरहीन सिमेन्ट बिक्री वितरण गरिरहेको छ ।