बल्झिरहेका विपद्का आला घाउ – The kathmandu news

बल्झिरहेका विपद्का आला घाउ

काठमाडौं । गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको त्यो मिठो चाहना, अनि पाटन तथा खर्कबाट बेंसी झारिएका भेडीगोठ र भैंसी गोठहरूले वर्षा सकिएर हिउँद लाग्ने संकेत गरिरहेका थिए ।

कात्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ । यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगायतका बाली भित्र्याउने र हिउँदभरि गाईवस्तुलाई पुग्ने घाँस काट्ने चटारो सुरु हुन्छ । तर, यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो । १ कात्तिकबाट जुम्लामा भारी वर्षा सुरु भयो । ठाउँठाउँमा पहिरो जान थाल्यो, काटेर सुकाएका घाँस पानीले कुहियो ।

रेडियोहरूमा प्रसारण हुने विपद्का सूचना र समाचारले सजग हुन प्रेरित गरिरहेका थिए । मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरीखोलाका नागरिक । खोलानालामा आवतजावत पनि बन्द भयो । विगतमा भेरीखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो । योपटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू ।

तर, उनीहरूको विश्वासविपरीत ३ कात्तिकको राति १२ बजे भेरीखोला उर्लेर आयो । ‘बिहान उठेर हेर्दा मार्सी फाँटमाथि बाढी हिँडिरहेको थियो, दर्जनौं विद्युत् गृह बगेको खबर कानमा प¥यो, डेढ सय भेडाको बथान बाढीमा मिसिएको थियो, यो हाम्रो कल्पनाबाहिरको परिणाम थियो,’ तातोपानी–७ सर्मीका दलजित बुढाले भने ।

अहिलेका पुस्ताले भेरीखोला नदीमा यति ठूलो बाढी आएको कहिल्यै देखेका थिएनन् । बुढा पाकाका अनुसार १९८४ सालमा ठूलो बाढी आएको थियो । झन्डै सय वर्षपछि पुनः उर्लेर आएको बाढीले भेरीखोलाका नागरिकलाई रित्तो बनाएर गयो । राजधानी दैनिकबाट

ContentScribblers.com promo code Qualifiedwriters.co.uk Promo code 2023 Www.essayhelperuk.co.uk Promo 2023 My Assignment Editors Coupon Code