प्यूठानमा बेहुली लिए फर्कदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ जना घाइते – The kathmandu news

प्यूठानमा बेहुली लिए फर्कदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ जना घाइते

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्यान गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

 

need help with finance AllAssignmentHelp Promo Code, Coupons, Discount Codes and Review Buy-custom-essays-online.com Promo code 2023 LawTeacher.net promo code PenDrago Coupon Code PapersOwl Discout Code FreeEssayWriter Discount Promo Codes Up to 40% Discount Code For Writing Service UnemployedProfessors Promo Code, Coupons, Discount Codes and Review Promo Coupons admission essay writing service MyAssignmentsHelp.co.uk Discount Code