सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि विपक्षी दललाई दिएको ३ दिनको समय आज सकिन लागेको हो।
प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्नुपर्ने हुन्छ । यदि विपक्षी दलले बहुमत पुर्याउन नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान छ । संसदमा अहिले सबैभन्दा ठुलो दल एमाले नै हो । र त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।
त्यसकारण ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्ने एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले सांसद पदबाट राजीनामा दिनेकी पार्टी परित्याग गर्ने निर्णय गरिसकेका छैनन् ।
नेपाल खनाल समूहले जसपाको निर्णय कुरिरहेका छन् ।यद्पि नेकपा एमालेको सत्ता पक्ष नेपाल समूहलाई राजीनामा रोक्न प्रयास गरीरहेको छ । आज अर्थमन्त्री विष्णु पौडेल ओलीको तर्फबाट वार्ता गर्न माधव नेपालको निवासमा पुगेका थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि जसपा र माओवादी केन्द्रसँग छलफल गरेका छन् । तर हालसम्म देउवाले बहुमत जुटाउन सकेका छैनन्