१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध – The kathmandu news

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा उल्लेख गरेअनुसार दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनेसम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

BoostMyGrade.com Coupon Code Promo Codes write this essay for me writemypaper4me promo code Masterpaperwriters.com Discount Code where can i get a resume Kibin Promo code american essay writing service UK Diss Coupon Code MarvelousEssays.org site discount