एमसीसीविरुद्ध काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन – The kathmandu news

एमसीसीविरुद्ध काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन

एमसीसीविरुद्ध काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ ।                 सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्‍यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका  हुन्।

उनीहरूले बिहीवार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्‍याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् ।

राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (S.P) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको हो ।

SpeedyPaper Review 2023: A Reliable Writing Company EssayThinker Discout Code Essayyoda.com Discount SupremeDissertations.com Coupon class help AssignmentUK.co.uk Coupon Promo Coupons mymathlab cost accounting homework answers free mymatthlab Promo Codes OnlineAssignmentHelpAustralia.com fresh discount ContentScribblers.com Promo need resume done The Best Essay Writing Services on Reddit and Quora | Scam or Gems?