सर्वोच्च अदालतद्वारा स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगित – The kathmandu news

सर्वोच्च अदालतद्वारा स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगित

२८ चैत्र २०७८ / अनिल कुमार झा

सर्वोच्च अदालतद्वारा स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो ।

जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो ।

सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फागुन १३ गते दर्ता गराएका उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा परेको थियो ।

उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि बोलाउने आदेश दिएको छ । उक्त आदेशमा सञ्जिवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत दिइएको छ ।

उक्त रिटमाथिको सुनुवाई फागुन २९ गतेका लागि तोकिएको भए तापनि उक्त दिन हेर्न नभ्याइने सूचीमा राखिएको थियो । त्यसपछि उक्त रिटमाथिको छलफलका लागि चैत २८ गते सोमबार पेसी तोकिएको थियो ।

सोमबारको पेसीबाट अदालतले अन्तरिम आदेश दिने र स्थानीय तहको निर्वाचन रोकिने आशंकासमेत गरिएको थियो । तर सोमबारको पेसी सर्वोच्चबाट नै स्थगित भएपछि अब उक्त मुद्दाको पेसी कहिले हुने हो टुङ्गो लागेको छैन ।

 

सोही प्रकृतिको अर्को मुद्दा पनि सर्वोच्चमा विचाराधीन अवस्थामै रहेको छ । नेपालको संविधानले जनप्रतिनिधिको अवधि पाँच वर्षको हुने भनेको बताउँदै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले गत फागुन ५ गते सर्वोच्च अदालतमा यस्तै रिट दायर गरेका थिए ।

उक्त रिटमा संवैधानिक व्यवस्था अनुसार जनप्रतिनिधिको अवधि ५ वर्षको हुने व्यवस्था रहेको तर आफूहरु तेस्रो चरणमा अर्थात् २०७४ असोज २ गतेको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको थियो ।

रिट निवेदनमा तत्काल निर्वाचनको कार्यक्रम स्थगन गर्नका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो ।

उक्त रिट निवेदन गत फागुन ११ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परी विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी भएको थियो ।

यद्यपि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको कार्यक्रम नियमितरुपमा अगाडि बढिरहेको छ ।मेयर साहले दायर गरेको उक्त मुद्दाको पेसी नतोकिए पनि साधारण तारेखका लागि साहलाई वैशाख २ गतेको म्याद दिइएको छ ।

अदालतले सरकार वा आयोगका नाममा कारण देखाउ आदेश जारी गरेसँगै यतिबेला विभिन्न निकायबाट कागजात मगाउने काम भइरहेको अदालत स्रोत बताउँछ ।

मेयर सञ्जिवकुमार साहको मुद्दामा वैशाख २ गतेसम्म अङ्ग पुगेको अवस्थामा त्यसपछि बल्ल पेसी तारेख दिन सकिने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । सो मुद्दामा वैशाख २ गते अगाडि केही नहुने उनले बताए ।

यद्यपि दुवै मुद्दामा अन्तरिम आदेश जारी नभएकाले कारण देखाउ आदेश र छलफलमा बोलाउँदैमा निर्वाचनको कार्यक्रम रोकिने सम्भावना भने निकै कम छ ।

paperhelp coupon code Customwritingpros.com Discount Code MyEssayGeeks Discount Promo Codes Up to 40% Au.payforessay.net Discount 2.5 Promo Codes Available DoMyPresentationForMe Discount Promo Codes Up to 40% can you do my math homework But I didn't get any discount as your support promised me. I hope it's just a simple mistake. accounting help online free grademiners promo code UKEssays Promo Code, Coupons, Discount Codes and Review Canadianwritings Discount Promo Codes Up to 40%