अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको अर्थमन्त्री जर्नादन शर्माले दाबी – The kathmandu news

अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको अर्थमन्त्री जर्नादन शर्माले दाबी

अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको अर्थमन्त्री जर्नादन शर्माले दाबी गरेका छन् ।

बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले बाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी कदम चालिएको बताएका छन् ।

गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभए पनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् ।

सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योगरव्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गरेका छन् ।

यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनले बताएका हुन् ।

OnlineClassTutors Discount Promo Codes Up to 40% grademiners promo codes write my paper discount code my mymathlab proessaywriting promo code need help with finance HomeworkHelpDesk.org Promo usessay promo code UnemployedProfessors Promo code write my essay for me free can i pay someone to do my online class MyEssayHelp.co.uk Discount Code 2023 PremierEssay.com fresh discount Essayswriters.com Promo Code