स्थानीय तहको निर्वाचन अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ,प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया – The kathmandu news

स्थानीय तहको निर्वाचन अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ,प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जाने बताएका छन् ।

निर्वाचन आयोग नेपालले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले भने, ‘निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ।’

थपलियाले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए ।

उनले जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पूरा भएको जानकारी दिए ।कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारलाई राजनीति नगर्न सुझाव दिएका छन् ।

MaxHomework.com discounts write a paper online create a cv online pay someone to do my accounting homework proessay writing promo code TheUniTutor Promo code essay help writing EssayThinker.com Discount RushEssay.com Promo Codes AssignmentHelp4Me.com discounts how to type in in mymathlab Dissertation-help.co.uk Discount Code writing paper online free Essay.expert Discount Code