प्रचण्डको कारण मैले धेरै अबसर गुमाए : नारायण दाहाल – The kathmandu news

प्रचण्डको कारण मैले धेरै अबसर गुमाए : नारायण दाहाल

प्रचण्डको कारण मैले धेरै अवसर गुमाए : नारायण दाहाल

राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले प्रचण्डको भाइ भएकै कारण मैले योगदान अनुसारको धेरै पटक अवसर नपाएको गुनासो गरेका छन् ।

राष्ट्रियसभा सदस्यको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिङ्गो परिवार जनयुद्धमा सामेल भएको बताए ।

दाहालले भने, ‘अध्यक्ष कमरेड र म एकैदिन होलटाइमर भएको बरु यस्तै कुराले गर्दा अध्यक्षको कारण मैले धेरै अवसर गुमाउनु परेको छ । हिजो जनयुद्धमा अध्यक्षको परिवार र मेरो छोरा बुहारी श्रीमती सबै जनयुद्धमा लागेका हौँ ।’

भरतपुरको मेयर प्रचण्डको छोरीलाई र सांसद भाइलाई दिएको भनेर आलोचना भइरहेको प्रश्नमा दाहालले भरतपुरमा गएर विकास हेर्न सुझाव दिए । उनले अब रेणु दाहाललाई माओवादीले होइन भरतपुरका जनताले खोजी गरेको बताए ।

 

do schoolwork schoolwork or school work WritingStatement.com Coupon where to get a resume made