नेपालको राजनीति:  कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि केपी ओलीनै प्रधानमन्त्री बन्ने पक्का

0 Shares

नयाँ सरकार गठनका लागि कांग्रेस-माओवादी गठबन्धनले सहमति जुटाउन नसकेपछि केपी ओली नै प्रधानमन्त्रीमा पुन:  नियुक्त हुने निश्चित भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनैपनि हालतमा बर्हिगमन गर्ने अडान राखेका प्रचण्ड र देउवाको गठबन्धनले एमालेको माधव समूह र जसपाको ठाकुर समुहलाई मनाउन नसकेपछि केपी ओली नै प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

प्रधानमन्त्री ओलीलाई हटाउन नेकपा एमालेकै माधव नेपाल समूहका २० जना सांसदको राजिनामा आउछ भन्ने ढुक्क भएको काँग्रेसलाई अन्तमा झड्का लागेको छ ।

प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति भएसँगै देउवाको अन्य दलहरुको सरकार बनाउने सपना चकनाचुर बनेको छ ।राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ ।

त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ भने माओवादी पनि आफनो दाबीबाट पछि हटेको छ

सम्बन्धित समाचार

सबै