राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् ।
शुक्रबार सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।
मन्त्रीहरू यस प्रकार छन् ?
१.ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२ .विष्णु पौडेल, अर्थ
३ . रामबहादुर थापा बादल, गृह
४ . टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
५. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
६ . प्रदीप ज्ञवाली, परराष्ट्र
७ .प्रभु साह, सहरी विकास
८ .लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
९. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
१०. मणिचन्द्र थापा, खानेपानी
११. भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३. पद्मा अर्याल, कृषि
१४ .बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१५ .लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१६. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१७.शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८ . जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१९ . गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
२०. दावा लामा तामाङ, युवा तथा खेलकुद
२१ प्रेमबहादुर आले, वन
राज्यमन्त्रीहरु
२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति