उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका-१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका-३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका-१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।
यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ । नजजकक