मधेस प्रदेश सभा सदस्य शोभा देवी साहले एक करोड रुपैयाको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना – The kathmandu news

मधेस प्रदेश सभा सदस्य शोभा देवी साहले एक करोड रुपैयाको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना

मंसिर २९ गते /प्रेमचन्द्र झा
राैतहट। मधेस प्रदेश सभा सदस्य शोभादेवी साहले एक करोड रुपैया को जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेका छन । ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चाैकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान दिने घाेषणा गरेका छन । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।साे वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईसनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र अस्पताल वनउन आफुले बजेट पनि व्यवस्था गर्ने प्रतिवद्वता गरे । मधेश प्रदेश सदस्य शोभादेवी साहका पति रामायण साह तथा उनका दाजु राज हरण साह , वैकुण्ठ साह र शिवजी साह नाममा रहेको सो जग्गा एक हप्ता भित्रमा वडा कार्यालयको नाममा पास गरि भवन वनाउन शुरु हुने प्रदेश सभा सदस्य साहले बताए । सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश सदस्य राम किशोर यादव ,केन्द्रीय सदस्य विवेक यादव जनता समाजवादी पार्टीका महमद कलाम लागायतका नेताले सो जग्गा दान गर्ने कार्यको सराहना गरेका छन ।

Papersgear.com Coupon Code essay on time discount code Essay Writing UK Coupon Code Discount Coupon EmploymentBoost Discount Promo Codes Up to 40% usessay discount code accounting problem solver