जनकपुरको भानुचौकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नु पर्छ, महन्थ ठाकुर – The kathmandu news

जनकपुरको भानुचौकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नु पर्छ, महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् ।

आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए ।

‘मधेस आन्दोलन गरेका युवा तथा मधेसका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन्’, उनले भने -‘त्यसमा लोसपाको सहयोग रहने छ ।’

मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने बताउँदै उनले त्यसको विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए । साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले सोही सहमति अनुसार मधेस प्रदेशमा मधेस केन्द्रित दलले नेतृत्व गर्ने उनले बताए ।

मधेस सरकारको विषयमा सर्वपक्षीय परामर्शका लागि उपेन्द्र यादव पनि जनकपुर जाने कार्यक्रम रहेको छ । लोसपाका अध्यक्ष ठाकुर पुगिसकेका छन्

McEssay.com discount code papers papers coupon code SpeedyPaper Discout Code Writing Services page 22 - Get Your Promocode Here KingEssays.com promo code how to get mymathlab free mymathlab code price Essay4less.com Promo code 2023 LiveWebTutors Discount Promo Codes Up to 40% doing homework at work